News Desk
चीनका राष्ट्रपति सी चिनफिङ अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन।
उनले यो भ्रमण यस्तो समयमा गर्न लागेका हुन्, जतिबेला अमेरिकाले चिनियाँ सामान आयातमा १४५ प्रतिशत शुल्क लगाएको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियामा राजकीय भ्रमण गर्नेछन।
सी चिनफिङको यो भ्रमण अप्रिल १४ मा भियतनामबाट सुरु हुनेछ। त्यसपछि उनले मलेसिया र कम्बोडियाको भ्रमण गर्नेछन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामलाई ४६ प्रतिशत, मलेसियालाई २४ प्रतिशत र कम्बोडियालाई ४९ प्रतिशत कर लगाएका छन।
तर ती देशका कर ९० दिनका लागि स्थगन गरिएको छ। यस अवधिमा ती देशमा १० प्रतिशत आधारभूत शुल्क लागू हुनेछ।
योसँगै चीनले अमेरिकामा ८४ प्रतिशत ट्यारिफ लगाएको छ।
चीनले अमेरिकासँग ‘नझुक्ने’ र ‘अन्तसम्म लड्ने’ बताइसकेको छ।