News Desk
संयुक्त राष्ट्रसंघले अमेरिकी कर नीतिले विकासशील देशहरूलाई ठूलो प्रभाव पार्ने चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघको अन्ताराष्ट्रिय व्यापार केन्द्रकी कार्यकारी निर्देशक पामेला कोक–ह्यामिल्टनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको करका कारण उत्पन्न आर्थिक अस्थिरताले विकासशील देशहरूमा ‘विनाशकारी’ प्रभाव पार्न सक्ने चेतावनी दिएकी छन।
अमेरिकाले कर लगाउनुले विदेशी सहायता कटौती गर्नुभन्दा बढी हानिकारक प्रभाव पार्न पर्ने सक्ने उनको भनाइ छ। यदि चीन र अमेरिकाबीचको तनाव जारी रहेमा दुई देशबीचको व्यापारमा ८० प्रतिशतले कमी ल्याउने र यसको प्रभाव विश्वभर फैलने उनको चेतावनी छ।
अमेरिकी कदमले विकासशील देशहरूमा हालका वर्षहरूमा भएको आर्थिक प्रगति उल्टाउन सक्ने उनको भनाइ छ।