गायिका पेरीसहहितका ६ महिला अन्तरिक्षमा पुगेर सफलतापूर्वक फर्किए
News Desk
Apr-15 , 2025 तारिख 06:27 बिहान

हलिउडकी चर्चित पप गायिका केटी पेरी, पत्रकार, वैज्ञानिक र फिल्म निर्मातालगायत विभिन्न क्षेत्रका ६ जना महिलाको समूहले अन्तरिक्ष यात्रा गरेर फर्किएको छ। 

उनीहरु पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि पगेर सोमबार फर्किएका हुन। यो  टोलीलाई अमेजनाका मालिक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’मार्फत अन्तरिक्ष पुगेर फर्किका हुन। करिब ११ मिनेटको यात्रा सफलता पूर्वक गरेका उनीहरुलाई बेजोसले अन्तरिक्षको ढोका खोलेर स्वागत गरेका थिए। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाहरूको यो टोलीले अन्तरिक्षमा यात्रा गरेको यो पहिलोपटक हो। यसअघि सन १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थीन।

टोलीमा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्वनासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिनर्थि।  यो टोलीको नेतृत्व  लरेन सान्चेजले गरेका थीन। 

यी महिलाले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन।  

न्यू शेपर्ड रकेट पश्चिम टेक्सासमा रहेको कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। सफलता पूर्वक फर्किका उनीहरुर्ला परिवारका आफन्त कप्मनीका मालिक लगायतले स्वागत गरेका थिए।