दक्षिण कोरियाकाे राष्ट्रपति पदमा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी
News Desk
Jun-04 , 2025 तारिख 06:53 बिहान

दक्षिण कोरियाकाे राष्ट्रपति पदमा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी भएका छन।

मंगलबार भएको निर्वाचनमा सत्तारुढ दलका किम मुन सुलाई हराउँदै उनी राष्ट्रपति चुनिएका हुन।

६ महिनाअघि देशमा सैनिक शासन लागु गर्ने प्रयास गरेका तत्कालीन राष्ट्रपति युन सुक-योल महाभियोगबाट बर्खास्त गरिएपछि दक्षिण कोरियामा निर्वाचन गरी नयाँ राष्ट्रपति चुनिएको हो।

६१ वर्षीय ली तीन वर्षअघि उनै युन सुक योलसँग थोरै मातान्तरले मात्र हारेका थिए।

बीबीसीका अनुसार अहिले भने उनले अप्रत्याशित जित हासिल गरेका हुन।

उनका मुख्य प्रतिद्वन्द्वी युनको मन्त्रिपरिषद्का पूर्वसदस्य किम मुन सुले जितका लागि लीलाई बधाई दिएका छन। 

धेरै पढिएको