राफेल लडाकु विमानको मुख्य भाग अब भारतको हैदराबादमा बनाइने
News Desk
Jun-06 , 2025 तारिख 07:05 बिहान

राफेल लडाकु विमानको मुख्य भाग अब भारतको हैदराबादमा बनाइने भएको छ। यसलाई फ्युजलेज भनिन्छ।

यसका लागि भारतको टाटा एडभान्स्ड सिस्टम्स लिमिटेड (टीएएसएलल्) ले फ्रान्सेली कम्पनी डसल्ट एभिएसनसँग चार उत्पादन स्थानान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ।

राफेलको पहिलो फ्युजलेज युनिट सन २०२८ मा एसेम्बली लाइनबाट बाहिर निस्कनेछ।

हैदराबादमा निर्माण भइरहेको निर्माण प्लान्टले हरेक महिना दुई पूर्ण मुख्य भाग उत्पादन गर्ने अपेक्षा गरिएको छ।

टाटा र डसल्टबीचको यो साझेदारीले भारतको रक्षा क्षेत्रमा निजी कम्पनीहरूको सहभागिता बढाउनेछ।

डसल्टले यो परियोजना भारत र फ्रान्स बीचको रक्षा सहयोगमा एक प्रमुख कदम भएको बताएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसले भारतमा रक्षा उपकरण निर्माण गर्ने क्षमता बढाउनेछ र स्थानीय इन्जिनियरहरूले विश्वस्तरीय प्रविधि सिक्ने अवसर पाउनेछन।

यो पहिलो पटक हुनेछ जब राफेलको मुख्य भाग फ्रान्स बाहिर बनाइनेछ।

धेरै पढिएको