News Desk
वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रमा सफल हवाई आक्रमण सम्पन्न गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत उनले उक्त जानकारी दिएका हुन्।
ट्रम्पले भनेका छन्, "हामीले इरानका तीन आणविक स्थलहरू — फोर्डो, नातान्ज र एस्फाहान — मा अत्यन्त सफल हवाई आक्रमण सम्पन्न गरेका छौं। सबै विमानहरू अहिले इरानी आकाशबाहिर छन्।"
उनका अनुसार मुख्य आक्रमण फोर्डो केन्द्रमा गरिएको हो, जहाँ 'पूर्ण बम लोड' खसालिएको बताइएको छ। उनले थपे, "सबै विमानहरू सुरक्षित रूपमा आफ्नो मार्गमा फर्किंदै छन्।"
पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी फौजको प्रशंसा गर्दै भनेका छन्, "हाम्रा महान अमेरिकी सैनिक योद्धाहरूलाई बधाई। विश्वमा यति सक्षम सेना अरु कतै छैन।"
अन्त्यमा उनले विश्वशान्तिको सन्देश दिँदै लेखेका छन्, "अब शान्तिको समय आएको छ। यो विषयप्रति तपाईंहरूको ध्यानाकर्षणको लागि धन्यवाद।"
यद्यपि यो पोस्टको सत्यता, स्रोत वा वर्तमान प्रशासनको आधिकारिक पुष्टि तत्काल उपलब्ध छैन। यदि यो सन्देश सत्य ठहरिएमा, इरान-अमेरिका सम्बन्धमा ठूलो तनाव उत्पन्न हुने विश्लेषण गरिँदैछ।
