ईरान​द्वारा कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार 
News Desk
Jun-24 , 2025 तारिख 06:15 बिहान

इरानमाथि अमेरिकाले आक्रमण गरेपछि  बदलास्वरूप कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार गरेको छ।
पश्चिमा मिडियाकाअनुसार, कतारको राजधानी दोहामा धेरै विस्फोटको आवाज सुनिएको छ।

कतारको रक्षा मन्त्रालयले दाबी गरेको छ कि उनीहरूको वायु सुरक्षा प्रणालीले सबै मिसाइलहरू रोकेको छ र कुनै पनि मानवीय क्षति भएको छैन। कतारले इरानलाई प्रतिआक्रमणको चेतावनी दिएको छ।

कतारले आक्रमणको केही समयअघि नै आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। कतारको अल-उदीद एयरबेस मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो। यहाँ करिब ८,००० देखि १०,००० अमेरिकी सैनिकहरू तैनाथ छन्।

इरानले इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा पनि मिसाइल प्रहार गरेको  इरानी सञ्चारमाध्यमले जनाएका छन्।

धेरै पढिएको