News Desk
आफ्ना नौसेनाका उपप्रमुखको युक्रेनी सीमानजिकै मेजर जनरल मिखाइल गुडकोभको मृत्यु भएको रुसी सेनाले पुष्टि गरेको छ।
रुसको रक्षा मन्त्रालयले युक्रेनको सुमी क्षेत्रसँग सिमाना जोडिएको पश्चिमी कुर्स्क क्षेत्रमा ‘लडाइँसम्बन्धी काम’का क्रममा उनी मारिएको बताएको छ।
मन्त्रालयले अपरेसनबारे थप विवरण दिएको छैन।
बीबीसीका अनुसार गुडकोभको मृत्यु युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेयता रुसको सबैभन्दा ठूलो क्षतिमध्ये एक हो।