News Desk
संयुक्त राष्ट्रसंघकी एक विशेषज्ञले दर्जनौँ बहुराष्ट्रिय कम्पनीलाई इजरायलसँग कारोबार बन्द गर्न आग्रह गरेकी छिन। साथै उनले कारोबार जारी राखेको अवस्थामा गाजा तथा वेष्ट बैंक क्षेत्रमा भइरहेको युद्ध अपराधमा ती कम्पनी पनि भागीदार हुने चेतावनी दिएका छिन।
फ्रान्सेस्का अल्बानिजले संयुक्त राष्ट्र मानवअधिकार परिषदसामु आफ्नो रिपोर्ट पेश गर्दै बहुराष्ट्रिय कम्पनीको कारोबारलाई नरसंहारको अर्थव्यवस्थाको संज्ञा दिएकी छिन। अल्बानिजका अनुसार हमाससँग चलिरहेको संघर्ष कुनै जिम्मेवारी, निगरानी र जवाफदेहिताविना चलिरहेको छ। अल्बानिजको आरोपलाई इजरायलले निराधार भएको भन्दै खारेज गरेको छ।
उता रुसी जलसेनाका उपप्रमुखको युक्रेनी सीमा क्षेत्रमा मृत्यु भएको छ। यसको रुसी सेनाले पुष्टि गरेको छ। रुसी रक्षा मन्त्रालयले मेजर जनरल मिखाइल गुडकोभको पश्चिमी कुस्र्क क्षेत्रमा युद्धका क्रममा मत्यु भएको बताएको छ। कुस्र्क युक्रेनसँग सीमा जोडिएको क्षेत्र हो। बीबीसीका अनुसार रुसले गुडकोभको मृत्यु भएको बारे थप जानकारी दिएको छैन।
यद्यपि पछिल्लोपटक रुसले युक्रेनविरुद्ध शुरु गरेको पूर्णक्षमताको आक्रमणका क्रममा गुडकोभको मृत्यु रुसका लागि ठूलो क्षतिमध्ये एक भएको एजेन्सीहरुले जनाएका छन।