टेक्ससको बाढीले लिएको भयावह रूप ः मृत्यु संख्या १०७
News Desk
Jul-09 , 2025 तारिख 07:54 बिहान

टेक्सस, अमेरिका |अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
राज्यभरि खोजी तथा उद्धार कार्य जारी रहेका बेला, अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने जनाएका छन।

केर काउन्टीमा सबैभन्दा बढी क्षति

केर काउन्टी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ।
त्यहाँका सेरिफ ल्यारी लेथाका अनुसार, केर काउन्टीमा मात्रै ८७ जनाको ज्यान गएको छ, जसमा ५६ जना वयस्क र ३१ बालबालिका रहेका छन।

राज्यभर फैलिएको प्रभाव

अन्य विभिन्न काउन्टीहरूमा पनि बाढीले जनधनको क्षति पुर्‍याएको छ। त्यही कारण राज्यभरि मृत्यु हुनेको संख्या १०७ पुगेको हो। केही शवहरू पीडितका आफन्तलाई हस्तान्तरण गरिएका छन भने१९ जना वयस्क र ७ बालबालिकाको पहिचान अझै हुन बाँकी छ।

अझै बेपत्ता थुप्रै

बीबीसीको रिपोर्ट अनुसार, बाढीमा अझै धेरै जना बेपत्ता छन।
तिनीहरूको खोजी तथा उद्धार कार्य जारी छ, र स्थानीय सुरक्षाकर्मी, उद्धार टोली र स्वयंसेवकहरू परिचालित छन।

जनजीवन प्रभावित, सडक बन्द

केरभिल प्रहरी विभागका प्रवक्ता जोनाथन ल्याम्बले बाढीका कारणकुनै सडकहरू असुरक्षित अवस्थामा रहेकाले बन्द गर्नुपरेको जानकारी दिएका छन।
उनले स्थानीय बासिन्दालाई अनावश्यक रूपमा यात्रा नगर्न र सतर्क रहन आग्रह गरेका छन।

टेक्ससको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ।
सातौं दिनमा पुगेको विपद्को यो अवस्था अझै नियन्त्रणमा आउन बाँकी रहेको देखिन्छ।सरकारी र स्थानीय निकाय उद्धार कार्यमा खटिरहे पनि स्थिति गम्भीर छ।पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै अधिकारीहरूले सावधानी अपनाउन सर्वसाधारणलाई पुनः आग्रह गरेका छन।

धेरै पढिएको