युक्रेनलाई थप रक्षात्मक हतियार पठाउन सहमति
News Desk
Jul-10 , 2025 तारिख 07:01 बिहान

वासिङ्टन, अमेरिका |अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप रक्षात्मक हतियार पठाउन सहमति जनाएका छन।साथै, उनले रूसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रस्तावमा समर्थन गर्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन।

पुटिनप्रति असन्तुष्टि, युद्धविराममा प्रगति छैन

रुस–युक्रेन युद्धमा हजारौं सैनिकको मृत्युप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि जनाएका छन।उनले मंगलबारको मन्त्रिपरिषद बैठकमा पुटिनको व्यवहारप्रति खुल्ला आक्रोश पोख्दै भने

“पुटिनले धेरै राम्रो कुरा गर्छन्, तर अन्त्यमा ती सबै कुराहरू निरर्थक हुने गर्छन।"राष्ट्रपति उम्मेदवारीका बेला एक दिनमै युद्ध सकाउनेँ वाचा गरेका ट्रम्पले अहिलेसम्म अस्थायी युद्धविरामसमेत गराउन नसकेको आलोचना खेपिरहेका छन।

प्रतिबन्ध प्रस्तावमा समर्थनको तयारी

बैठकमा ट्रम्पले रूसमाथि प्रस्तावित कडा प्रतिबन्धको विधेयकमा समर्थन दिने सम्भावनाबारे संकेत दिएका छन।
सिनेटमा विचाराधीन सो विधेयकमा रूससँग तेल, ज्ञ्ास, युरेनियम तथा अन्य वस्तु आयात गर्ने मुलुकहरूमाथि ५००% सम्मको आयात कर लगाउने प्रावधान समेटिएको छ।

 मस्कोमाथि दबाब बढाउन जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्ला दिनहरूमा बारम्बार रूसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरूलाई अपिल गर्दै आएका छन।उनको तर्क छ "जबसम्म मस्कोमाथि वास्तविक दबाब पर्दैन, तबसम्म युद्धविराम असम्भव छ।"

अमेरिकी रक्षा मन्त्रालयको आपूर्ति स्थगनले किएभ चिन्तित

गत साता अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई दिने केही महत्वपूर्ण हतियार आपूर्ति अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेपछिकिएभले यसले आफ्नो रक्षात्मक क्षमतालाई कमजोर बनाउने चेतावनी दिएको छ।युक्रेनी अधिकारीहरूको भनाइमा, यस्तो निर्णयले रुसी आक्रमणको सामना गर्न कठिनाइ बढाउन सक्छ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका–रूस सम्बन्धमा पुनः तनाव चुलिन सक्ने संकेत देखिन्छ।यदि सिनेटको प्रतिबन्ध विधेयक ट्रम्पको समर्थनमा अघि बढ्यो भने, यो रूसमाथि एक आर्थिक आक्रमण सरह बन्न सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको अनुमान छ।अब हेर्न बाँकी छ युक्रेन संकट समाधानतर्फ अमेरिकाको नेतृत्वदायी भूमिका कस्तो रहनेछ।

धेरै पढिएको