तान्जनियामा सामाजिक सञ्जाल प्लेटफर्म एक्स ब्लक
News Desk
Jul-11 , 2025 तारिख 07:00 बिहान

तान्जनियाले अश्लील सामग्री दिने गरेको भन्दै आफ्नो मुलुकमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स ब्लक गरेको छ।

तान्जनियाका सूचनामन्त्री जेरी सिलाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पहुँच रोक्ने निर्णय गरेको जानकारी दिए। 

मन्त्री जेरी सिलाले एक स्थानीय टीभी च्यानलसँग भनेका छन्, ‘यो (पोर्नोग्राफी) सामग्री पूर्वीअफ्रिकी देशको ंकानुन, संस्कृति, रीतिरिवाज र परम्परांविरुद्ध छ।’

तर तान्जनियाका नागरिकले उक्त निर्णयविरुद्ध आक्रोश व्यक्त गरेका छन।

धेरै पढिएको