इरानमा बालिकामाथि बलात्कार र हत्या गर्ने युवकलाई सार्वजनिक फाँसी
News Desk
Jul-13 , 2025 तारिख 06:45 बिहान

तेहरान, इरान |  इरानको उत्तरपश्चिमी सहर बुकानमा एक बालिकामाथि बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका युवकलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ।

देशको न्यायपालिकाले घटनाको गम्भीरता, समाजमा पारेको भावनात्मक प्रभाव र पीडित परिवारको मागका कारण सजाय खुला स्थानमा कार्यान्वयन गरिएको जानकारी दिएको छ।

दोषी युवकले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकार गरिसकेपछि न्यायिक प्रक्रिया अघि बढाइएको थियो। गत मार्च महिनामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो, जुन इस्लामी गणतन्त्र इरानको सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

इरानको कानूनअनुसार, बलात्कार र हत्या जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको व्यवस्था छ, र विशेष अवस्थामा सार्वजनिक रूपमा फाँसी दिने परम्परा पनि कायमै छ।

अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूका अनुसार, मृत्युदण्ड कार्यान्वयनको सन्दर्भमा इरान विश्वमा चीनपछि दोस्रो स्थानमा पर्दछ।

सार्वजनिक रूपमा गरिएको यो फाँसीले इरानी समाजमा अपराधविरुद्धको कडा सन्देश दिएको बताइएको छ, तर यसले मानव अधिकारसम्बन्धी बहस पनि पुनः चर्किएको छ।

धेरै पढिएको