News Desk
युक्रेनमा जारी द्वन्द्वले सैनिक तथा सर्वसाधारण गरी दशौँ हजारको ज्यान लिएको छ भने पूर्वाधार र भौतिक संरचनामा ठूलो विनाश भएको छ। यस्तो संवेदनशील पृष्ठभूमिमा भएको वार्ताबाट युद्धविरामको आशा गरिएको थियो तर त्यो अपेक्षा पूरा हुन सकेन।
वार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मार्फत सन्देश जारी गर्दै अलास्काको भेटलाई ‘महान र सफल’ भनेका छन्। उनले पुटिनसँगको भेट उपयोगी भएको उल्लेख गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटो महासचिवलगायत युरोपेली नेताहरूसँग पनि सकारात्मक फोन वार्ता भएको जानकारी दिएका छन्।
उनले लेखेका छन्, “यो भयावह युद्ध अन्त्य गर्ने सर्वोत्तम उपाय सबैले पहिचान गरिसकेका छन्। यसको अर्थ प्रत्यक्ष शान्ति सम्झौताको बाटो समात्नु हो, जसले युद्धको पूर्ण विराम लगाउनेछ।”