News Desk
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार (नेपाली समयअनुसार गएराति) अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न सुट लगाएर ह्वाइट हाउस पुगे।
भेटअघि ट्रम्पको सचिवालयले जेलेन्स्कीलाई यसपटक औपचारिक पोशाकमा उपस्थित हुन सुझाव दिएको थियो। गत फेब्रुअरीमा भएको भेटमा उनले लडाकु पोशाकमै ह्वाइट हाउस प्रवेश गर्दा ट्रम्प असन्तुष्ट भएको र त्यसैले छलफलमा चिसोपन देखिएको बताइन्छ। त्यतिबेला पनि अमेरिकी पक्षले सुट लगाउनु उपयुक्त हुने सन्देश युक्रेनी अधिकारीलाई दिएको थियो।
यसपटक भने जेलेन्स्कीले सुझाव मान्दै सुटमा उपस्थित भएर भेटवार्ता गरेका हुन्। ह्वाइट हाउसमा भएको छलफलमा युरोपेली नेताहरू पनि सहभागी थिए। तर वार्ताको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।
यद्यपि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यस भेटपछि आफू भोलोदिमिर जेलेन्स्की र भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटघाटको पहल गरिरहेको जानकारी दिएका छन्।