News Desk
भारी वर्षाका कारण पञ्जाबमा अवस्था बिग्रिएको छ। राज्यले १९८८ पछिको सबैभन्दा खराब बाढीको सामना गरिरहेको छ।
राज्यका सबै २३ जिल्ला बाढीबाट प्रभावित छन। समाचार एजेन्सी पीटीआईका अनुसार बाढीका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
करिब साढे तीन लाख प्रभावित मानिसका लागि राहत र उद्धार कार्य युद्धस्तरमा भइरहेको छ।
विभिन्न ठाउँबाट सहयोग आइरहेका छन।
भारी वर्षा पछि रूपनगर र पटियाला जिल्लामा अलर्ट जारी गरिएको छ। यस्तै मानिसलाई सतर्क रहन भनिएको छ।
सबै स्कुल, कलेज र विश्वविद्यालय सेप्टेम्बर ७ सम्म बन्द गरिएको छ।
बाढीका कारण लाखौँ एकड बाली नष्ट भएको छ।