तेल अवीवको होस्टेज स्क्वायरमा शनिबार साँझ आयोजित विशाल धन्यवाद सभामा लाखौँ मानिस सहभागी भए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले भावनात्मक सम्बोधन गर्दै भने, “साहस र विश्वास भेटिँदा चमत्कार हुन्छ, शान्ति कमजोरी होइन, उच्च शक्ति हो।”
सभामा एडमिरल ब्राड कूपर, जारेड कुशनर र इभाङ्का ट्रम्पले पनि सम्बोधन गरे। कुशनरले इजरायली सैनिकहरूको बलिदानको प्रशंसा गरे भने इभाङ्काले यो रिहाइलाई “साहस र मानवताको विजय” बताइन्।
उक्त ऐतिहासिक सभामा इजरायलस्थित नेपाली समुदायको पनि उल्लेखनीय उपस्थिति थियो। उनीहरूले नेपालको झण्डा र बन्धक विपिन जोशीको फोटोसहित सहभागिता जनाउँदै “विपिनलाई घर फर्काऊ” भन्ने प्लेकार्ड प्रदर्शन गरे।
अन्तर्राष्ट्रिय स्रोतका अनुसार हमासले बाँकी बन्धकहरू सोमबार बिहान सूर्योदयअघि मुक्त गर्ने तयारी गरेको छ। बन्धक सूचीमा विपिन जोशीको नाम पनि रहेको छ, जसको सकुशल फिर्तीका लागि नेपाली समुदाय प्रार्थनामा छ।