News Desk
फ्रान्सको राजधानी पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा रहेको एक अमूल्य गहना चोरी भएको छ।
घटनापछि संग्रहालयलाई तत्काल बन्द गरिएको छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार, बिहान करिब साढे ९ बजे संग्रहालय खुल्नेबित्तिकै करिब चार जना मास्कधारी व्यक्तिहरू प्रवेश गरेका थिए। ती व्यक्तिहरूले सिन नदीतर्फको झ्यालको सिसा फुटाएर अपोलो ज्ञ्ालरीमा पुगेका र त्यहाँ प्रदर्शनीका रूपमा राखिएका बहुमूल्य गहना लुटेका थिए।
लुटपाटपछि उनीहरू मोटरसाइकलमा भागेको जनाइएको छ। सम्पूर्ण प्रक्रिया पूरा गर्न समूहले जम्मा सात मिनेट मात्र लिएको बताइएको छ।
फ्रान्सेली अधिकारीहरूले यस घटनाको गहिरो अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन।