रुसले ग​र्यो आणविक अभ्यास
News Desk
Oct-23 तारिख 06:03 बिहान

रुसले बुधबार योजना अनुसार आफ्नो नियमित आणविक अभ्यास सम्पन्न गरेको छ।
युक्रेन युद्धका कारण युरोपमा बढ्दो तनावबीच गरिएको यो अभ्यासले पुनः अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

नेटोले गत हप्ता उत्तरी सागरमा सुरु गरेको वार्षिक आणविक अभ्यासको ठीक एक सातापछि रुसले पनि यस्तो सैन्य अभ्यास गरेको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, “हामी निर्धारित तालिकाअनुसार परमाणु शक्तिको प्रशिक्षण गरिरहेका छौँ,” भन्दै यो अभ्यासलाई सामान्य प्रक्रिया बताए।

रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा जमिन, समुद्र र हवाई क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएका दृश्यहरू देखिन्छन्।
यो अभ्यास त्यतिबेला भएको हो जब युक्रेन युद्ध अन्त्यका प्रयासहरू सुस्त छन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको शान्ति वार्ता स्थगित गरेका छन्।

धेरै पढिएको