युरोपसँग युद्ध गर्ने चाहना छैन​ त​र आवश्यक परे सामना गर्न तयार रहेको पुटिन​को भ​नाई
News Desk
Dec-03 , 2025 तारिख 06:22 बिहान

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपसँग युद्ध गर्ने चाहना आफूहरूको नसकेको तर आवश्यक परे सामना गर्न तयार रहेको बताएका छन। उनले युक्रेनसँगको द्वन्द्वबारे चर्चा गर्न अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटवार्ता तय भएको जानकारी पनि गराए। पुटिन लगानी सम्मेलनमा सहभागी भएर मन्तव्य दिएपछि पत्रकारसँग संक्षिप्त रूपमा कुरा गर्न भूमिगत ट्रेड सेन्टरको लबीमा रोकिएका थिए।

युक्रेन युद्धबारे युरोपको भूमिकाबारे सोधिएको प्रश्नमा पुटिनले युरोपेली देशहरूलाई ‘शान्ति पक्षधर नीति’ नअपनाएको आरोप लगाए। उनका अनुसार युरोपले अमेरिकाले चाल्न खोजिरहेको शान्ति पहलमा नै अवरोध सिर्जना गरिरहेको छ।

उनले थपे, “रुसलाई युद्ध रोक्न युरोपले आग्रह गरेको सुनेका छौँ तर हामी त्यसलाई स्वीकार्दैनौँ। हामी युद्ध चाहँदैनौँ, तर युरोपले द्वन्द्वतर्फ धकेल्ने हो भने त्यसको सामना गर्न हामी तयार छौँ।”