News Desk
अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ग्रीन कार्ड लटरी कार्यक्रम निलम्बन गर्ने आदेश जारी गर्नुभएको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डमा संलग्न भएको आशंकामा पक्राउ परेका क्लाउडियो नेभेस भ्यालेन्टेले उक्त कार्यक्रममार्फत ग्रीन कार्ड प्राप्त गरेको खुलासा भएपछि लीएको हो।
पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टेमाथि डिसेम्बर १३ मा आइभी लिग अन्तर्गतको ब्राउन युनिभर्सिटीको भवनमा प्रवेश गरी परीक्षा दीरहेका विद्यार्थीहरूमाथि गोली चलाएको आरोप छ। उक्त घटनामा दुई जनाको ज्यान गएको र नौ जना घाइते भएको बताइएको छ।
यसका साथै, घटनापछि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का एक प्राध्यापकको हत्या गरेको आरोपसमेत उनीमाथि लगाइएको छ।
सुरक्षा प्रमुख नोमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेभेस भ्यालेन्टे सन २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (ड्व्-१) मार्फत अमेरिकामा प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेको बताउनुभयो।
उहाँका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालै संयुक्त राज्य अमेरिकाको नागरिकता तथा अध्यागमन सेवा (ऊष्चीष्) लाई ग्रीन कार्ड लटरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको हो। नोमले यो कदम त्यस्तो कार्यक्रमबाट भविष्यमा थप अमेरिकी नागरिकलाई क्षति नपुगोस भन्ने उद्देश्यले चालिएको स्पष्ट पार्नुभयो।
साथै, उहाँले अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा देश प्रवेश गर्न अनुमति दिन नहुने धारणा व्यक्त गर्नुभएको छ।