News Desk
रूस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच युएईको राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता सुरु भएको छ। युएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबारबाट सुरु भएको यो वार्ता दुई दिनसम्म चल्नेछ।
लगभग चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनाअन्तर्गत मस्को र किएभबीच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो।
यसअघि डाभोसमा अमेरिकी राजदूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रातिसम्म लामो छलफल गरेका थिए। सो भेटवार्ताको भोलिपल्ट नै तीन देशका उच्चस्तरीय प्रतिनिधिमण्डल अबु धाबीमा वार्ताका लागि भेला भएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र नै वार्ताको प्रमुख विषय रहने स्पष्ट पारेका छन्। यद्यपि, मस्कोले किएभले पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुनुपर्ने आफ्नो अडानमा कुनै सम्झौता नहुने जनाएको छ।