रूस–युक्रेन युद्धको चार वर्ष: हजारौँको ज्यान गयो, नेपाली पनि प्रभावित
News Desk
Feb-25 तारिख 07:26 बिहान

 सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको रूस–युक्रेन युद्ध ले चार वर्ष पूरा गरेको छ। अमेरिकी पहलमा शान्ति वार्ताका प्रयास भइरहे पनि अहिलेसम्म स्थायी समाधान निस्कन सकेको छैन।

युद्धका क्रममा दुवै देशमा ठूलो मानवीय क्षति भएको भए पनि वास्तविक मृतकको यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन। भोलोदोमिर जेलेन्स्की का अनुसार करिब ५५ हजार युक्रेनी सैनिक मारिएका छन् भने विभिन्न अन्तर्राष्ट्रिय आकलनअनुसार रूसी पक्षका झण्डै साढे तीन लाख सैनिकको ज्यान गएको अनुमान गरिएको छ।

यस युद्धको प्रभाव नेपाली नागरिकमा पनि परेको छ। परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत कन्सुलर विभागका अनुसार रूसी सेनामा भर्ती भएका नेपालीमध्ये ११८ जनाले ज्यान गुमाएका छन् भने २१९ जना घाइते भएका छन्।

त्यसैगरी १३२ जना नेपाली अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। युद्ध प्रभावित नेपालीको खोजी, उद्धार तथा व्यवस्थापनका लागि सरकारमार्फत कूटनीतिक पहल जारी रहेको बताइएको छ।