जापानले ताइवानको पूर्वतर्फ अवस्थित टापुमा मिसाइल प्रणाली तैनाथ गर्ने
News Desk
Mar-10 तारिख 06:22 बिहान

जापान सरकारले सन् २०३१ को मार्चसम्म ताइवानको पूर्वतर्फ अवस्थित तथा जापानको पश्चिमी सीमामा पर्ने योनागुनी टापुमा मध्यम दूरीका सतह–देखि–हावा मिसाइल प्रणाली तैनाथ गर्ने योजना सार्वजनिक गरेको छ। रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको उक्त टापुमा रक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम अघि सारिएको बताइएको छ।

प्रधानमन्त्री ताकाइचीले यसै वर्षको अन्त्यसम्म जापानको समग्र सुरक्षा तथा रक्षा नीतिको पुनरावलोकन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा रहेको सरकारले जापानी सेनालाई आधुनिक प्रविधियुक्त बनाउन मानव रहित लडाकू प्रणाली तथा लामो दूरीका मिसाइल क्षमतामा विशेष ध्यान दिने योजना अघि बढाएको छ।

यससँगै सरकारले घातक हतियार निर्यातसम्बन्धी कडा प्रतिबन्धहरू केही खुकुलो बनाउने तयारी पनि गरिरहेको जनाइएको छ। प्रधानमन्त्री ताकाइचीको दल तथा सत्तारूढ गठबन्धनका साझेदारहरूले हालै प्रस्तुत गरेको प्रस्तावमा जापानको रक्षा उद्योगलाई विस्तार गर्ने, उत्पादन क्षमता बढाउने र मित्र राष्ट्रहरूसँग सैन्य सहकार्यलाई अझ सुदृढ बनाउने नीति अघि सारिएको छ।

धेरै पढिएको