चीन भ्रमणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति हान झेङद्वारा स्वागत
News Desk
May-14 तारिख 05:56 बिहान • आज

 

बेइजिङ । अमेरिकी राष्ट्रपति Donald Trump चीनको ऐतिहासिक भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ । राष्ट्रपति ट्रम्प एयरफोर्सको विशेष विमानबाट बेइजिङ ओर्लँदा चिनियाँ उपराष्ट्रपति Han Zheng ले उहाँलाई स्वागत गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालका क्रममा सन् २०१७ को नोभेम्बरमा चीन भ्रमण गर्नुभएको थियो । त्यसपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ ।

भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति Xi Jinping सँग बिहीबार बेइजिङस्थित Great Hall of the People मा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यद्यपि ट्रम्प र सीबीच यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पटक–पटक भेटवार्ता हुँदै आएको छ । पछिल्लोपटक सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियाको बुसानमा दुई नेताबीच भेट भएको थियो । उक्त भेटका क्रममा चीनमाथि अमेरिकाले लगाएको भन्सार शुल्क ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशतमा झार्ने सहमति भएको जनाइएको थियो ।