श्रीलंकामा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
News Desk
Nov-10 , 2021 तारिख 06:19 बिहान

काठमाडौँ — श्रीलंकामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मंगलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलंकाको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ । आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

मंगलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलंकाको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।   

( कान्तिपुर दैनिक )

धेरै पढिएको