News Desk
धादिङ |आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले धादिङमा नेपाली सेनाले मोटरसाइकलमार्फत गस्ती सञ्चालन सुरु गरेको छ।
भौगोलिक रूपमा दुर्गम तथा सडक सञ्जाल सीमित रहेका क्षेत्रहरूमा छिटो र प्रभावकारी रूपमा पुग्न सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल गस्तीको व्यवस्था गरिएको हो।
भैरव गण, गजुरीका गणपति असीम श्रेष्ठका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, आकस्मिक परिस्थितिमा तत्काल प्रतिकार्य तथा संवेदनशील र रणनीतिक स्थानहरूमा निरन्तर निगरानी राख्न मोटरसाइकल गस्ती परिचालन गरिएको हो।
सेनाको यस कदमले निर्वाचन अवधिमा सुरक्षा सतर्कता थप सुदृढ हुने अपेक्षा गरिएको छ।