News Desk
बलिवुड गायक निरज श्रीधर नेपालमा
काठमाण्डौं । बलिवुड गायक निरज श्रीधर नेपाल आएका छन् । उनी आज अपरान्ह नेपाल आईपुगेका हुन् । उनले भोली सेप्टेम्बर ३० मा एलओडीमा आयोजना हुन लागेको कन्सर्टमा प्रस्तुती दिने कार्यक्रम रहेको छ । कन्सर्ट एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा हुन लागेको हो । कार्यक्रम नितिन कायस्थको संयोजनमा हुन लागेको हो । गायक श्रीधरलाई होटल सोल्टी क्राउन प्लाजामा राखिएको कायस्थले जानकारी दिएका छन् ।