त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा शेरचनको भव्य स्वागत 
News Desk
Oct-11 , 2023 तारिख 06:17 बेलुका

काठमाडौं ।एनआरएनए अभियन्ता रोबिन प्रसाद शेरचनको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ  ।  गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनका लागि मंगलबार काठमाडौ आईपुगेका शेरचनलाई द भ्वाईस अफ नेपालका संन्चालक तथा निर्माता शुसिल नेपालले बिमानस्थलमा फुलमालाले अभिन्दन गर्दै स्वागत गरेका थिए ।  स्वागतका क्रममा सोसल मिडियामा चर्चामा रहेका पुण्य गौतमले शेरचनले उपाध्यक्ष पदमा जित हासिल गर्ने दाबी गरेका थिए । अन्य स्वागातार्थीहरुले शुभकामना तथा खादा मालासहित  शेरचनप्रति सम्मान प्रकट गरेका थिए ।  त्यस क्रममा जापानका व्यवसायीहरू विजय थकाली, प्रकाशघिमिरे, माईकल गौचन, कुमार कार्की, लक्ष्मी गुरूगं लगायतका व्यवसायीहरू, महादिवेशन प्रतिनिधीहरू, सामाजिक अभियन्ता, कलाकार आदीकोे उपस्थिती रहेको थियो । 

जापानबाट मध्यपूर्ब भ्रमण सकाएर मलेसियाहुँदै काठमाडौं उत्रिएका शेरचनले एनआरएनएको ११औं महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

 

धेरै पढिएको