मध्यराति होटलबाट लखेटिए दुर्गा प्रसाईंका कार्यकर्ता 
News Desk
Nov-22 , 2023 तारिख 06:36 बेलुका

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते आयोजना गरेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई युवा संघका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् ।इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई राति साढे ११ बजेतिर निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ । प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर’ भन्दै सुत्ने तयारीमा रहेका युवा संघका कार्यकर्ताले होटलबाटै लखेटेका हुन्। ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरुरु’ भन्दै युवासंघका कार्यकर्ताले भनेको भिडियोमा सुन्न सकिन्छ भने जवाफमा महिलाले, ‘हामी जान्छौं हो जान्छौं । लुगालगाउन दिनुन’ भनेको सुन्न सकिन्छ ।

महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।महिलाहरु इटहरीबाट आएको भिडियोमा सुन्न सकिन्छ ।

‘देखाइदिन्छौं भन्दै आएको होइनरु देखाइदिन्छौं काठमान्डौंबाट हाम्रो ठाउँमा’ भन्दै युवा संघका कार्यकर्ताले धम्की दिएका थिए। मध्यरातमा होटलमा सुत्ने तयारीमा रहेका प्रसाईं समर्थकलाई युवा संघका कार्यकर्ताले लखेटेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । कतिपय एमालेका कार्यकर्ताहरुले समय युवा संघको यस्तो हर्कतको सामाजिक सञ्जालमार्फत बिरोध गरिरहेका छन् ।

लोकतन्त्रमा बिरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन गर्न खोजिएको भन्दै एमाले नेता महेश बस्नेत र युवा संघको आलोचना भइरहेको हो । प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।

धेरै पढिएको