News Desk
काठमाडौं । भृकुटीमण्डपमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला आजबाट शुरु भएको छ। पुस्तक मेला नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिलको संयुक्त आयोजनामा शुरु भएको हो । मंसिर ९ गतेसम्म चल्ने उक्त पुस्तक प्रदर्शनीमा १८० स्टल रहेका छन्।
प्रदर्शनीमा दक्षिण एशिया क्षेत्रका नेपाल, भारत, बाङ्लादेशसहित चीनका प्रकाशक, उत्पादक तथा वितरक सहभागी छन्।