News Desk
काठमाण्डौ । बल्खु चोकमा दुर्गां प्रसाईं पक्ष र युवा संघबीच झडप भएको छ। दुई पक्षबीच त्यहाँ ढुंगामुढा हूँदा बल्खु क्षेत्र तनामग्रस्त बनेको छ । प्रसाईं पक्षका लागि तोकिएको बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो।
काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघलाई तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकेको छ।