जापानमा कार्यक्रम गर्न भव्य तयारीमा जुटयो एएमएस ईन्टरटेण्मेण्ट
News Desk
Nov-30 , 2023 तारिख 03:01 बिहान

एएमएस म्युजिक ईन्टरटेण्मेण्टले पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा योगदान दिने उदेश्यका साथ जापानमा आयोजना गर्न लागेको ’नेपाल आदीवासी फेस्टिबल तथा एएमएस इन्टरनेशल अवार्ड’ को तयारीलाई तिब्रता दिएको छ । तीन महिना अघि जापान स्थित विभिन्न जातिगत संगठनका अध्यक्ष एवम् अगुवाहरुको सहमतिमा जनजाती महासंघ जापानसँग सहकार्य सम्झौता भए पस्चात आफु निरन्तर कार्यक्रम आयोजनामा जुटदै आएको एएमएसकी संचालक सत्यकला लामाले बताईन् । ‘नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा योगदान दिने उदेश्यका साथ जापानमा कार्यक्रम आयोजना गर्ने बारेको मेरो प्रस्तावलाई जनजाती महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ्ग दाई लगायतका अग्रज अगुवा दाई दिदीले स्विकार्दै हौसला प्रदान् गर्दै सम्झौता गर्नुभयो । उक्त सम्झौता पस्चात नेपाल फर्केर कार्यक्रमको तयारीमा जुटदै आए । काम धेरै अगाडि बढेको छ’ । अब छिट्टै कार्यक्रम गर्नेछौ’ ।  

 नेपाल तामाङ समाज जापान अध्यक्ष कर्साङ तामाङ, शेर्पा संघ जापान अध्यक्ष सोनाम शेर्पा, नेपाल मगर संघ जापान अध्यक्ष ओम काउचा मगर, तमु धिं जापानका अध्यक्ष रमेश कुमार गुरुङ, थकाली सेवा समिति जापान अध्यक्ष बुद्धि गौचन, किराँत याक्थुङ चुम्लुङ, जापान अध्यक्ष सुदीप पालुङवा, नेफिन जापानकी महासचिव समेत रहेकी किराँत राई यायोक्खा, जापान प्रतिनिधि प्रमिला राईको उपस्थिती एवम् समर्थनमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ्ले टोकियोमा एक औपचारिक कार्यक्रममा आफुसँग कार्यक्रम गर्न सहकार्य गर्नेगरि सम्झौता गरेको उनले उल्लेख गरिन ।  

दिग्गज नेपाली कलाकार, प्रतिष्ठित एवम् स्थापित अग्रजहरुलाई जापानमा लगेर कार्यक्रम गर्ने योजना रहेकाले सोही अनुरुप भव्य तयारी भएको लामाले जानकारी दिईन् । कार्यक्रममा प्रसिद्धी कमाएका प्रशासक, राजनीतिज्ञ, चिकित्सक, इन्जिनियर, पाइलट पत्रकार, कलाकार, खेलाडी, आदीको उपस्थिती रहने उनले जनाईन् । कार्यक्रम आयोजनाका लागि हालसम्म धेरै दौडधुप र आर्थिक लगानी गरिसकेको पनि लामाले बताएकी छिन् ।

धेरै पढिएको