सामाखुशी साहित्य समाजको ११६ औं श्रृड०खला अन्तर्गत कविता वाचन कार्यक्रम सम्पन्न
News Desk
Nov-30 , 2023 तारिख 02:54 बेलुका

काठमाडौं । स्थापनाको बीसौँ वर्ष पुगेको अवसर पारेर सामाखुशी साहित्य समाजले ११६ औं श्रृड०खला अन्तर्गत कविता वाचन कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष भाग्यशाली अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि श्रीहरि फुँयाल हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा वरिष्ठ साहित्य साधक अच्युत प्रसाद पौडेल र कवि एवम् गीतकार मुकुन्द पौडेल हुनुहुन्थ्यो।

कवि दिनेश विक्रम थापाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा फुयाँल, पौडेलद्व्य लगायतका १२ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

धेरै पढिएको