मोबाइलमा धेरै फोन आएप​छि युवकले श्रीमतीलाई चिर्पटले हाने
News Desk
Dec-07 , 2023 तारिख 12:28 बिहान

मोबाइल फोनको प्रयोगलाई लिएर भएको विवादका क्रममा नुवाकोटमा एकजना युवकले श्रीमतीलाई चिर्पटले हानेका छन। तादी गाउँपालिका-४ सुन्दरादेवी काउले निवासी ३० वर्षीय लक्ष्मण तामाङले मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हानेर २७ वर्षीया श्रीमती सूर्यमाया तामाङलाई गम्भीर घाइते बनाएका हुन। 

श्रीमतीको मोबाइलमा धेरै फोन आएको विषयमा भएको विवादले उग्र रुप लिँदा सूर्यमाया कुटिएकी हुन। 

घटनापछि सूर्यमायाको दुप्चेश्वर नेपाल हस्पिटल सात‌बिसेमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

चोटग्रस्त उनी हल्का बोल्न सक्ने अवस्थामा छिन। अहिले उनलाई आफन्तहरूले उपचारमा सहयोग गरिरहेका छन। कुटपिटमा संलग्न लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धेरै पढिएको