News Desk
मंसिर २०– नेपाल भुटानका डिष्ट्रिक्ट गभर्नरको विषेश उपस्थितिमा रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम काठमाडौंको एक होटलमा सम्पन्न भएको थियो । प्रमूख अतिथि रोटरी क्लब अफ इन्टरनेशनल नेपाल भुटानका डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु , सचिव दिनेश मानन्धर, एजी शारदा आचार्य पोखरेल, क्लबका सल्लाहकार मनोज कडेंल, बानेश्वर क्लबका चार्टर प्रेसिडेन्ट बिष्णु कार्की तथा क्लबका वर्तमान प्रेसिडेन्ट शुचिता काफ्ले, निवर्तमान प्रेसिडेन्ट कृष्णादेवी मुनिकार, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु मनोज कुमार घिमिरे, शिवहरी खनाल, डा।तेज बहादुर रोक्का, डा. राजु लामा पि कोन्दन, सचिव प्रल्हाद दाहाल, उपाध्यक्ष रामभक्त दाहाल, इलेक्ट प्रेसिडेन्ट नियुक्ति कानजी शेर्पा एवं क्लबमा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई बन्द सत्रमा सहभागी गराइएको थियो । सदस्यहरुले बन्द सत्रमा सिक्ने अवसर पाएकाले सक्रिय सहभागिता जनाएका थिए ।
बन्द सत्रमा डिजीले क्लबका कमिकमजोरी एवं राम्रो पक्षको विषयमा छलफल गरि सुझाब दिनुका साथै अनिवार्य गर्नुपर्ने विषयमा प्रतिबद्धता गराउनु भएको थियो । आज डिजी भिजिटपछि क्लबमा थप उर्जा थपिएको कुरा सहभागी सबैले स्विकार्दै आगामी दिनमा पनि यस्ता प्रशिक्षण मिल्ने खालका कार्यक्रम राख्न आम सबै सदस्यले अनुरोध गरेका थिए ।
कार्यक्रममा उपस्थिति सबैलाई क्लबकी अध्यक्ष शुचिता काफ्लेले रुद्राक्षको माला लगाई स्वागत गर्नुभएको थियो। डिजिको करिब ३ घण्टा लामो प्रशिक्षण एवं सुझाबपछि पूर्व अध्यक्षहरुले कार्यक्रमको बारे आ-आफ्ना धारणा राख्नु भएको थियो । क्लबका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठले आफ्नो भनाई राख्दै क्लबले ७ औं वर्ष प्रवेश गर्दै गर्दा पनि अझ धेरै कुरा सिक्न बाँकी रहेको कुरा उठाउँदै सबै सदस्यहरुलाई गोष्ठी एवं तालीममा निरन्तर सहभागी भइ रोटरीको बारे जानकारी लिन अनुरोध गरेका थिए ।
सचीव मानन्धरले क्लब राम्रो गतिशील बनाउन प्रशासकीय कार्य प्रफेक्ट गरिनु पर्छ र नितिनियम भित्र बाँधिन सक्नुपर्ने कुरा बताए । एजी पोखरेलले थोरै मात्र सक्रियता जनाउने हो भने कपन अत्यन्तै भाइब्रेन्ट क्लब हुने बताउनु भयो ।
क्लबका सल्लाहकार कँडेलले यो क्लबलाई सधैं आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा डिजी धोजुले रोटरीमा लागेर अरु केहि नपाए पनि सन्तुष्टि भने प्रशस्तै पाइने, क्लबमा लिन होइन दिन आइने भएकोले सकेको सबैले दिन अनुरोध गरे । कार्यक्रममा क्लबको तर्फबाट अध्यक्षले डिजी, एजी, सचीव र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम पछि दिवा भोजको आयोजना गरिएको थियो ।