पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस,निमित्त परराष्ट्र सचिवको जिम्मेवारी ल​म्साल​लाई
News Desk
Dec-07 , 2023 तारिख 01:47 बेलुका

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश पाएका छन्। 

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। 

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ। 

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ। 

धेरै पढिएको