कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय खाँण र शंकर भण्डारी बीच भेटवार्ता
News Desk
Jan-02 , 2024 तारिख 06:42 बेलुका

काठमाण्डौं,१७पुस । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारी बीच मंगलबार भेटवार्ता भएको छ ।

पूर्व गृहमन्त्री खाँण र के.स.भण्डारी बीच महारजगञ्ज स्थित केन्द्रीय सदस्य भण्डारीको सम्र्पक कार्यालयमा भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा पार्टीको आसन्न महासमिति बैठक र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बुझिएको छ । 

पूर्व गृहमन्त्री खाँणले केन्द्रीय कार्य समिति बैठकमा सहभागिता जनाएसगै पार्टीका केन्द्रीय तहका नेताहरु संग भेटघाट र छलफल कार्यलाई अगाडि बढाउने क्रममा के.स.भण्डारीसंग भेटघाट गरेको बुझिएको छ ।भेटघाटका क्रममा के.स.भण्डारीले पूर्वगृहमन्त्री खाँण संग मुलुक अत्यन्त जटिल मोडमा पुगेको हुँदा मुलुकको अस्तित्व जोगाउनका लागि सबै गम्भीर हुनुपर्ने बेला आएको बताएका थिए ।भेटघाटका क्रममा नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने ,प्रदेश खारेजी गर्नुपर्ने र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । 

के.स.भण्डारीले राखेका यि विषयहरुलाई पूर्वमन्त्री खाँण समेत सकारात्मक रहेको बुझिएको छ ।

धेरै पढिएको