युनेस्को क्लब महासंघका केन्द्रिय सदस्य श्रेष्ठद्धारा भूकम्प पिडितका लागि राहत हस्ताण्तरण  
News Desk
Jan-03 , 2024 तारिख 06:14 बेलुका

काठमाडौं । नेशनल फेडरेशन अफ युनेस्को क्लवस सेण्टर्स एण्ड एशोसिएसन नेपालका केन्द्रिय सदस्य एवं स्वत युनेस्को क्लबका अध्यक्ष अजय श्रेष्ठले भूकम्प प्रभावितका लागि राहत सामाग्री प्रदान गर्नुभएको छ । महासंघ केन्द्रिय सदस्य एवं क्लब अध्यक्ष श्रेष्ठले मंगलबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयका सचिव मुक्ति आचार्यलाई उक्त राहत सामाग्री हस्तान्तरण  गर्नुभएको हो। हस्तान्तरित राहत सामाग्रीमा शैक्षिक सामग्री एवं लत्ता कपडा रहेका छन् । श्रेष्ठले नेपाली कांग्रेस तनहुँ काठमाण्डौ  सम्पर्क समितिसँगको समन्वयमा सचिव आचार्यलाई उक्त राहत सामाग्री हस्ताण्तरण गर्नुभएको हो । राहत हस्ताण्तरण कार्यक्रममा नेपाली कांग्रेस तनहुँ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष उत्तम मिश्र र सदस्य सुमन लौडारीको उपस्थिती रहेको थियो ।  

त्यस्तै, श्रेष्ठले युनेस्को क्लब महासंघका महासचिव युवराज न्यौपानेलाई ५१ थान त्रिपाल हस्तान्तरण गर्नुभएको छ । 

 शैक्षिक सामग्री, लत्ता कपडा र त्रिपाल भुकम्प प्रभावित क्षेत्र जाजरकोट  पठाउन लागि कांग्रेस सचिव आचार्य र युनेस्को क्लब महासंघका महासचिव न्यौपानेलाई हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ।

अजय कुमार श्रेष्ठको व्यक्तिगत चिनारी 

अजय कुमार श्रेष्ठ पर्यटन व्यवसायी, पर्यटन तथा सांस्कृतिक अभियन्ता एवम् अन्वेषक हुनुहुन्छ  । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलैगौँडामा जन्मनुभएका श्रेष्ठ विगत डेढ दशकदेखी पर्यटन व्यवसाय साथै पर्यटन सम्बद्ध अन्वेषणात्मक काममा सकृय हुनुहुन्छ । उहाँले त्रिवि अन्तर्गत शंकरदेव क्याम्पसबाट एमबिएस अर्थात व्यवस्थापन संकाय  अन्तर्गत स्नाकोत्तर उपाधी हासिल गर्नुभएको छ । क्याम्पस जीवन पार गरेलगत्तै जागिरको लागि अफर आएता पनि अजय कुमार श्रेष्ठलाई आकर्षक तलबले पनि खिच्न सकेन । फलत उहाँ  व्यापार व्यवसायतिरै लहसिनु भयो । नविन सोच लिएर पर्यटन उद्योगमार्फत देश विकासमा लाग्ने प्रणका साथ आफुले पर्यटन व्यवसायमा हात हालेको उहाँ बताउनुहुन्छ ।  

त्यसो त अजय कुमार श्रेष्ठ पर्यटन उद्योग अन्तर्गत  होम स्टे  ट्रेक नेपाल, स्वत ट्राभल्स एण्ड एडभेन्चर, मनास्लु ट्रेक, अन्नपूर्ण ट्रेकिङ र इन्भेस्टमेण्ट  कम्पनी  हिडन जेम्स इन्भेस्टमेण्टका संस्थापक समेत हुनुहुन्छ । 

सामाजिक चेतका धनी अजय कुमार श्रेष्ठ  सामाजिक गतिविधिमा समेत सकृय रहदै आउनु भएको पाईन्छ ।  उहाँ  नेशनल फेडरेशन अफ युनेस्को क्लवस सेण्टर्स एण्ड एशोसिएसन नेपालका केन्द्रिय सदस्य एवं स्वत युनेस्को क्लबका अध्यक्ष हुनुहुन्छ ।

ग्रामीण पर्यटन प्रबर्धनमा एमबिएको थेसिस गर्नु भएका उहाँले पर्यटन उद्योग क्षेत्र अन्तर्गत होमस्टे र ट्रेकलाई नयाँ अवधारणा अनुरुप कार्यन्वयनमा ल्याउनु भएको छ ।  

नेपालको पर्यटन प्रबर्धनका निम्ती हिमाल मात्रै नभई  मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणागत अगाडि बढाउनुपर्ने उहाँको भनाई छ ।  त्यसो त उहाँले नेपाल सरकार एवम् युएनडिपीसँगको सहकार्यमा ग्रामीण पर्यटन प्रबर्धानार्थ विविध रचनात्मक कार्यक्रमहरु पस्कदै आउनु भएको समेत छ । स्वभावैले अध्ययनशिल एवम् सिर्जनशिल अजय कुमार श्रेष्ठ नेपालको पर्यटन विकासका निम्ती रचनात्मक तबरले योगदान पुर्याउने व्यक्तिहरुको पंत्तिमा अटाउने थोरै व्यक्तिहरु मध्येमा पर्ने एक नाम पनि हो ।  जो गण्डकी प्रदेश तनहुँ स्थित भानु नगरपालिकाका पर्यटन विज्ञ समेत हुनुहुन्छ । 

 व्यवसायिक रुपमा पर्यटन क्षेत्र सम्बद्ध रही खोजमुलक कार्यमा सकृय रहदै आउने क्रममा नविनतम बिषयलाई उजागर गर्ने उहाँको बानी छ ।  पर्यटन मेलामा सहभागि हुने सिलसिलामा उहाँ ४० भन्दा बढि  देश पुग्नु भएको छ । जुन देश पुगेता पनि आफुले उक्त देशका नागरिकको बारेमा गहिरो अध्ययनर अन्वेषण गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

 

धेरै पढिएको