नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशमन्त्री एस. जयशंकरले आज पशुपतिनाथ मन्दिरको दर्शनमा
News Desk
Jan-05 , 2024 तारिख 04:58 बेलुका

नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशमन्त्री एस. जयशंकरले आज पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्नुभएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन हिजो काठमाडौं आउनु भएका जयशंकर आज पशुपतिनाथको मन्दिरमा पूजा आराधना गर्नुभएको हो ।

विदेशमन्त्री जयशंकरलाई पशुपति क्षेत्र विकासकोषका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । यस अघि विदेशमन्त्री जयशंकरले पशुपतिनाथ परिसरमै रुद्राक्षको विरुवा रोप्नु भएको थियो । दुई दिने नेपाल भ्रमणमा आउनु भएका विदेशमन्त्री जयशंकरले आजै स्वदेश फिर्ता हुँदै हुनुहुन्छ ।

धेरै पढिएको