छनौट खेलमा उदयपुर विजयि
News Desk
Jan-06 तारिख 08:03 बिहान

छनौट खेलमा उदयपुर विजयि

 

सुनसरिमा जारि प्रधानमन्त्री कप २०८० पुरुष रास्ट्रीय कृकेट प्रतियोगिताको जिल्ला छनौटको खेलमा उदयपुरले सुनसरिलाई ६९ रनले हराउदै विजयी सुरुवात गरेको छ ।

प्रादेशिक कृकेट संघ कोशी प्रदेशको आयोजना तथा सुनसरि कृकेट संघको व्यवस्थापनमा सन्चालित छनौट चरणको दोश्रो दिनको खेलमा सुनसरी विरुद्ध टस जितेर व्याटिङ रोजेको उदयपुरले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएका थिए। उदयपुरकालागि सोनु अन्सारिले ८७ वलमा ९ छक्का र ८ चौकाको मद्दतले ११९ रन बनाएका थिए भने उनि सङै क्रीजमा रहेका आईश भट्टराईले ११७ वलखेल्दै नटआउट रहि १९ चौकाको मद्दतले ११२ बनाएका थिए। 

वलिङ तर्फ सुनसरिका भुपाल लुईटेलले सर्वाधिक ४ विकेट लिएका थिए भने शुभम यादवले २, समिर तिम्सिना र प्रकाश कार्किले समान १ -१ विकेट लिएको आयोजकले बताएका छन। जवाफि व्याटिङ्ममा २ सय ९१ रनको विजय लक्ष्य पच्छ्याको सुनसरिले ३२ ओभरमा आफ्नो सवै विकेट गुमाएर २२१ रनमा समेटिएको थियो। सुनसरिका लागि सोनु मण्डलले टिमका लागि ९३ रन जोडेका थिए भने वलिङमा रहेको उदयपुरका तेज आचार्य, दिपक राज जोशि र सुयोग कार्किले समान २-२ विकेट लिए भने नविन महतो, सोनु अन्सारि र आईश भट्टराईले समान १-१ विकेट आफ्नो नाम गरेका थिए। 

खेलको म्यान अफ दि म्याच आईश भट्टराई भएका थिए भने पौष २१ गतेको खेल उदयपुर र मोरङ विच भोक्राहामा र सुनसरि र इलान विच हुने भएको छ।

धेरै पढिएको