नेपाल बिज्ञापन संघको ११ औ कार्यसमिति निर्वाचनमा सर्वाधिक मत ल्याउने रेग्मी को हुन् ?
News Desk
Jan-09 , 2024 तारिख 10:13 बेलुका

१३ बर्षकै कलिलो उमेरमा २०४९ सालमा आफ्नो फुपू दिदीको पछाडि लागेर पहिलो पटक काठमाडौँमा पाइला टेकेका आर। सि। रेग्मी ब्यास ९९, तनहुँ कलेस्तीका स्थायी बासिन्दा हुन् । एक सामान्य पारिवारिक पृष्ठभूमि भएका  बुवा घर नजिकैको स्थानीय बिद्यालयको शिक्षक आमा गृहणी, २ दाजुभाई र २ दिदीबहिनी ९ एउटा दिदी एउटा बहिनी एउटा भाई ०  स्थानीय लक्ष्मी प्राबि र माहेंद्री माबिमा कक्षा ७ सम्म पढेपछि अब बाकि अध्ययन भक्तपुरमा गर्ने बुवा र फुपुको सल्लाहमा उनलाई काठमाडौँ ल्याइयो । फुपू दिदी बिमला रेग्मी पण्डित,सानोठिमी स्थित सानोठिमी क्याम्पस पढ्ने र फूपाजु पब्लिक युथ क्याम्पसमा प्राध्यापक थिए । अनि फूपुले आफु पढ्ने क्याम्पस संगैको सानोठिमी स्थित आदर्श माध्यमिक बिद्यालय ९जुन डि यम पि यस स्कूल भनेर चिनिन्छ० मा कक्षा ८ मा उनलाई भर्ना गराई दिइन। २०५२ सालमा बिद्यालय सके पछि सानैदेखि फुपाजुले पढाउने क्याम्पसमा व्यवस्थापन पढ्ने, पढाउने कुरा भइ रहन्थ्यो, भिनाजुले सधै नेवारी समुदायका बिद्यार्थी घर देखि क्याम्पससम्मनै बिजनेस माइन्डका हुन्छन पढ्नु पर्ने व्यवस्थापननै हो, बुझिस बाबु भन्थे । सानै देखि मस्तिष्कमा यो जरा गाडेको थियो। अनि के चाहियो यिनको पढने यात्रा अव सानोठिमीबाट सिधै काठमाडौँको क्षेत्रपाटी धोबिचौरको पब्लिक युथ क्याम्पसमा जोडियो ।

 बाल्यकालमा डोहोर्याउने फुपाजु शिवराज उपाध्यायको संरक्षणमा हुर्किएका रेग्मीले बि बि एस सकेपछि एम बि यस पढाई गर्ने सोचमै रहेका बेला अचानक फुपाजुको स्वर्गबास भयो । यसपछिका दिन आफ्नो भबिष्य बारे अन्यौल बनेका रेग्मी यहि बीच ठमेलको संगीत पसलमा काम गर्ने अवसर पाए। उतिबेला टेप सिडीको राम्रो ब्यापार हुन्थ्यो अलि अलि पकेट खर्च चल्थ्यो । एउटा उमेरमा यो रमाइलो भयो स्वदेशी बिदेशी गित संगीत बारे राम्रो बुझ्ने अवसर मिल्यो जुन पछि करियरका दौरान काम लाग्यो । यो बीचमा २०५७ सालमा भाइ बहिनी पनि उच शिक्षाका लागि काठमाडौँ आए अनि सबैको संघर्षका दिन शुरु भए । भाइ बहिनी आफन्त यो क्षेत्रमा कोहि पनि नभएको अवस्थामा रेग्मी कसरी यो क्षेत्रमा त् भन्ने जिज्ञासामा उनि भन्छन मेरो प्रोफेसनल करियर २०६० साल बाट सुरु भएको हो गजवको कथा र संयोग यो संगै जोडिएका छन् । त्यो क्यासेट पसलमा काम गर्दा ताका नेपालमा भर्खरै एफएम रेडियो जम्न थालेका थिए अरुले बोलेको सुन्दा उनी बढो प्रभावित हुन्थे । अधिकांश विदेशी पर्यटकलाई टिपिकल नेपाली गित संगीतका सिडी र बिदेशी सोलो रक देखि ज्याज ब्लुजसम्मका गीतका सिडी बेच्ने काम हुन्थ्यो ,गीत संगीत थोरबहुत प्रभाव थियो तर रडियोमा प्रवेश गर्ने कसरी बढो हुटहुटी थियो, कसरी यस क्षेत्रमा जोडिए आफै अनविज्ञ रहेको उनी सुनाउँछन् ।  

२०५९ सालको मंसिर तिर एकदिन आरजे , भिजे तालिम भनेर  टेलिभिजनमा विज्ञापन प्रसारण भयो । मिडिया होम भन्ने संस्थाको विज्ञापन थियो त्यो । मिडिया होममा जीवन बिष्ट र बिनोद खनाल संचालक थिए , दिनेश डिसी लगायत  प्रशिक्षक थिए । उनले त्यो प्रशिक्षणमा भाग लिए ।  सिक्ने सिकाउने काम भयो । तत्कालिन समयमा च्यानल नेपाल, थोरै समय प्रसारित इमेज च्यानल र केहि  टेलिभिजन कार्यक्रम उत्पादन गर्ने निजि संस्था  र टेलिभिजनमा प्रशारण गर्ने संस्था मात्र थिए । कान्तिपुर भर्खरै प्रशारणको तयारीमा थियो भने नेपाल १ टेलिभिजनले पनि प्रशारण शुरु गरेको  थियो । तालिम पश्चात सिमित मिडियामा हजारौको आकर्षणको भएको उद्योगमा काम पाउने लालसामा पातालो शरीर भएको उनी जस्ता लुरेले सपना पुरा गर्न कति जोर जुत्ता च्याते थाहै पाएनन् । यो सम्झिदा उनि बेस्मरी हाँसे। 

रेडियोमा जसरी पनि बोल्ने भएपछि उनि एकदिन तत्कालिन एच बि सी ९४ एफएम पुगे र अहिलेका कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर सुजन कार्की संग भेट गरे ।  २०६० सालमा अनि सकिनसकी कन्भिन्स गरेर पहिलोपटक रेडियोमा बोल्ने काम भयो तर जम्न भने सकेनन् । ति दिन आजपनि ताजा रहेको उनले सुनाए ।'२ दशक पनि हिजो जस्तो लाग्छ' उनि सम्झिन्छन । त्यसपछि नेपाल एफ एम, रेडियो काठमाडौ हुँदै सिटिजन एफ एममा बोल्ने काम उनको अझै पनि जारी छ,'मेरो एउटा नराम्रो बानी छ धेरै बोल्ने शायद रेडियोको प्रभाव होला नियन्त्रण गर्न खोज्छु फुत्किहाल्छ' उनि हास्छन ।

यहि शिलशिलामा रेडियो मार्केटिंग गर्ने तिर एजेन्सी घुम्ने र बिज्ञापन लगेर रेडियोमा बजाउने काममा जम्न थाले उनी । त्यसपछि बोल्ने भन्दा मार्केटिंग तिर उनको पाइला बढी दौडियो । यहि बिचमा २०६४  सालमा बिहे भयो अनि २०६५ मा एउटा छोरीको बाबु बनेपछि अव अल्लि प्रोफेसनल एजेन्सीमा जागिर खाने मनस्थिति बनाए उनले । संयोगले एकदिन ६५ साल असारमा कमलादी स्थित त्रिकोण एडभरटाईजिंगमा शम्भु अधिकारी र मिडिया हवका तत्कालिन मार्केटिंग मेनेजर हरिशरण सुबेदीसंग उनको भेट भयो।  अब मिडिया हवमा जोडिने सल्लाह भयो उनको । दुवै जना कन्भिन्स भएपछि सुबेदीले मिडिया हवका तत्कालिन  कार्यकारी निर्देशक सोम प्रसाद धितालसंग भेट गराए । तलब सेवा सुबिधा, फरक बाटो, अल्लि फरक मार्केटिंग, सबै हामी छौ, बस तपाइँ आउनुहोस भनेपछि नगरेको टेलिभिजन मार्केटिंग म सक्छु, भन्ने मनस्थितिमा पुगे उनी । जसले यो बाटोतिर मोडे आजसम्म पनि आपूm उनीहरुकै सन्निकटमै रहेको उनले बताए । उनि भन्छन'संगै छु शायद मेरो लागि यो भन्दा ठुलोकुरा के होला र ?' 
सोम प्रसाद धितालको अभिभावकत्वमा हरिशरण सुबेदीको मार्केटिंग टिम मिडिया हबमा ठुलो बनाइयो, कुनैबेला १२ र१ ५  जना सम्म मार्केटिंगमा यहि बजार दौडने काम गरे उनले । ठुलो बजार हिस्सा भएको हवका तत्कालिन डाइरेक्टरहरु भाष्करराज राजकर्णिकार, रंजित आचार्य, सुदिप थापा, निर्मलराज पौडेल, मोहम्मद अख्तर जसमध्य राजकर्णिकार,पौडेल र धिताल त् सबैले आनको अध्यक्षता गरिसकेका छन् भने थापा त् हालै निर्वाचित अध्यक्ष नै हुन् । 'मेरो लागि यो भन्दा गर्वको बिषय अरु के होला रु हवमा रहदा बढो उत्साह प्रतिस्पर्धा मोटिभेसन सबै पाइयो एकहिशाबले छुट्टै जोश थियो अहिलेपनि अल्छी लाग्दा ति दिन सम्झिदा उर्जा मिल्छ' उनि थप्छन । 

समयसंगै २०७० को अन्त्यतिर आफैले केहि गर्ने सोचका साथ उनको टिमले  सोम धितालकै सल्लाहमा  आफ्नै भेन्चर कम्पनीहरु बनाएर अगाडि बढे । धितालले यदि जागिर खान कतै जादै हुनुहुन्छ भने के पुगेन भन्नुहोस यदि आफनै भेन्चरनै हो भने त् आशिर्वाद दिन्छु भनेपछि उनको नयाँ पाइला अगाडि बढयो। 

'टिममा काम गर्दाका हरिशरण सुबेदी, प्रमोद सुबेदी, शशांक पोखरेल,दिपक कोइराला  स्वयम्  म आरसी रेग्मीको त्यो दिन र आजको यात्रा पनि हामी संगसंगै छौ।  केहि वर्ष अगाडिसम्म मित्र लोकेन्द्र भण्डारी पनि संगै थियौ । आज १५ बर्ष बढी भयो,यो बिचमा हामीले केहि फरक रुपमा टेलीभिजन मार्केटिंगलाइ डोर्याउने प्रयास गरियो । हिजोको हाम्रो मार्केटिंग टिम लिडर सुबेदी आज एडी ग्रुपका अध्यक्ष हुनुहुन्छ । आज यहि ग्रुप अन्तर्गत आधा दर्जन भेन्चर संचालित छन् जसलाई हामी फरक फरक साथीहरुले नेतृत्व गरिरहेका छौ' उनि भन्छन। 

 एकले अर्को भेन्चरलाइ पुस र पुल दुवै मोडालिटीमा अगाडि बढेको उनले सुनाए । जिन्दगीमा सिक्ने नविनतम अभ्यास गर्ने जोखिम लिने र समग्र टेलिभिजन उद्योगलाई अझै बलियो बनाउने हाम्रो प्रयास हो। एक दशक देखि टेलिभिजन च्यानलको बजारको प्रमुख हिस्सेदार बन्ने सौभाग्य पाएका उनको यात्रा अहिले डिजिटलसम्म पुगेको छ। नियमित सेगमेंटका साथै टेलिभिजनका महँगो फर्म्याटका फ़्रेञ्चाइज शो समेत जोखिम मोल्दै चर्चित रियालिटी शो नेपाल आइडल,द भोइस अफ नेपाल, सारेगमपा लिटिल च्याम्प, कमेडी च्याम्पियन सम्मको बजार व्यवस्थापन र आफ्नै आधिकारिक फ़्रेञ्चाइज सुपर डान्सर नेपालको निर्माण बजार तथा प्रशारणमा उनी जोडिएका छन् । जुन कार्यक्रमहरु प्रति कार्यक्रम लागत कम्तिमा ५ देखि ७ करोड सम्मको हुने गर्दछ ।
टेलीभिजन उद्योग मात्र होइन अनलाइन, प्रिन्ट, रेडियो लगायतका मिडिया भेहिकलमा प्रवर्दन गर्न हामीले बजारमा आफ्नो प्रभाव राम्रो बनाएका धेरै अन्य एजेन्सीका अग्रज र मित्रहरु मार्फत सहकार्य गर्ने गरेको उनी बताउँछन् । 

बिज्ञापन संघ नेपालको हालै सम्पन्न निर्वाचनमा उनी सर्वाधिक लोकप्रिय मत सहित सदस्यमा निर्वाचित भएका छन् । आनको कार्यसमितिमा सदस्यको रुपमा सबै बिज्ञापनका आयाम समेटिने हुनाले आपूmले नजानेका नबुझेका सिकाउने धेरै अग्रजहरु रहेको उनी स्मरण गर्छन् । , समग्र उद्योग र बिज्ञापन व्यवसायीको हकहितको संस्था भएकाले यसको श्रीबृद्धीका लागि ३३ बर्षको लिगेसी सोचेर अगाडि बढ्नुपर्ने उनको धारणा छ । साथै कार्यसमितिको बैठक र निर्णय बाहेक आफनो निजि धारणा नहुने विचार उनी पोख्छन्। 

'बरु मेरा निजि धारणा कम्तिमा आनको बैठकमा राख्न सक्छु बिज्ञापन बजारको बारेमा अब बिज्ञापन अर्थतन्त्रको बारेमा मेरो अध्ययन, मुद्दा र परिणाममा म अवको कार्यकालमा केन्द्रित हुनेछु  र मलाई ६१ सर्वाधिक लोकप्रिय मत सहित निर्वाचित गराउनु हुने अग्रज अध्यक्ष ज्युहरु, पुर्व कार्यसमितिका पदाधिकारी ज्युहरु, अहिलेका कार्यसमिति सदस्य ज्युहरु लगायत ९४ वटै एजेन्सीबाट प्रतिनिधित्व गर्नु भएको सबैमा अनुग्रहित छु । यहाहरुले गर्नुभएको बिश्वासले मलाई प्रतिबद्द र जवाफदेही बनाएको महशुस गरेको छु । सम्पूर्ण  बिज्ञापन व्यवसायीको हकहित भन्दा बाहिर म जान सक्तिन । निर्वाचनका दौरान प्रत्यक्ष परोक्ष सहयोग पुर्याउनुहुने सबैको साझा प्रतिनिधि बन्ने प्रयास गर्नेछु । यसका अतिरिक्त आनको हिजो मुद्दाहरुलाइ निरन्तर कानुन र ऐन कार्यान्वयसम्म विज्ञापनदाता देखि मिडिया र सरकारसम्म हाम्रा स्वस्थकर एजेन्डा लागु गराउन कार्यसमिति मार्फत पहल गर्नेछु' उनी भन्छन्।

 

धेरै पढिएको