ललितपुर चेम्बरले गर्‍यो प्रजिअ श्रेष्ठ र बरिष्ठ उपरिक्षक खनालको स्वागत
News Desk
Jan-11 , 2024 तारिख 05:44 बेलुका

ललितपुर । ललितपुर चेम्बर अफ कमर्सले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र ललितपुर जिल्ला प्रहरी परिसर प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक शेखर खनाललाई स्वागत गरेको छ । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य नेतृत्वमा गएको ललितपुर चेम्बर र ललितपुर महिला चेम्बरको प्रतिनिधि मण्डलले उहाँहरुको कार्यकक्षमा पुगी स्वागत गरेको हो ।

सो अवसरमा ललितपुरमा हुने गरेका असुरक्षाका गतिविधि, जनताहरुलाई अनुभुत हुने खालका सुरक्षाका कार्यक्रमहरु, सिसिटिभीको व्यवस्थित जडान र अनुगमन, विद्यमान बजारमा आर्थिक समस्याका कारण चेक बाउन्स अत्यधिक भएको समस्याहरु र समग्रमा ललितपुर सुरक्षा व्यवस्था चुस्त दुरुस्त गराउन अनुरोध गर्दै ललितपुर चेम्बरले ज्ञापन पत्र समेत बुझाएको छ ।

उक्त सुझाव ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठ तथा र बरिष्ठ प्रहरी उपरिक्षक खनालले ललितपुरलाई सुरक्षित बनाई राख्न कुनै कसर बाँकी नराख्ने र ललितपुर चेम्बर अफ कमर्ससँग हातेमालो गरि सहकार्य गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धेरै पढिएको