रौतहटबाट भारततर्फ लैजाँदै गरेको १७ थान गाई-गोरु प्रहरीको नियन्त्रणमा
News Desk
Jan-11 , 2024 तारिख 05:51 बेलुका

रौतहटबाट भारततर्फ लैजाँदै गरेको १७ थान गाई-गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं.२ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्तीटोलीले भारततर्फ लैजादै गरेको अवस्थामा १७ थान गाईवस्तु नियन्त्रणमा लिएको हो ।

तस्करहरु प्रहरीलाई देखेर भागेपछि उक्त स्थानबाट गाई १० वटा, गोरु एउटा र बाछी छवटा गरी १७ वटा गाईवस्तु बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । कुल १ लाख ९६ हजार रुपैयाँ मूल्याङकन गरी बरामद गाई-गोरु र बाछी आवश्यक कारबाहीका लागि जिल्ला भंसार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धेरै पढिएको