पाल्पाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा सुन्तला बोकेको जिप दुर्घटना
News Desk
Jan-11 , 2024 तारिख 06:00 बेलुका

पाल्पाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा सुन्तला बोकेको जिप गाडी दुर्घटना भएको छ । आज विहान गल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बाग्मती प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

जिपमा चालक र सह चालक मात्र सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ । सुन्तलाहरु यत्रतत्र छरिएका छन । दुर्घटना के कारणले भएको सो बारे भने खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको