विश्व शान्तिका लागि १ सय ३९ देशका एघार हजारले गरे ध्यान 
News Desk
Jan-12 , 2024 तारिख 10:24 बेलुका

विश्व शान्तिका लागि १३९ देशका एघार हजारले ध्यान गरेका छन । भारतको तेलाङगाना स्थित हैदरावादमा रहेको काना शान्ति वनमा उनीहरुले ध्यान गरेका हुन । ऊक्त ध्यान शिविरमा ५ सय नेपालीहरु सहभागी थिए । नेपाल वैदिक फाउन्डेसनका अध्यक्ष पूर्वमन्त्रि दिपक प्रकाश बास्कोटा नेतृत्वमा नेपाली टोली ध्यान शिविरमा सहभागी भएको हो ।

महर्षि महेश योगिद्वारा प्रतिपादित योग सिद्धि ज्ञानलाई विश्वभर फैलाउने उदेश्यका उक्त १५ दिने शान्ति ध्यान शिविर आयोजना गरिएको जनाईएको छ । देशको कुल जनसंख्याको १ प्रतिशतलाई ध्यान गराउनेहो भने हरेक देशमा शान्ति कायम हुने विश्वासका साथ उक्त शिविर आयोजना गरिएको बास्कोटाले बताउनुभयो ।

धेरै पढिएको