ओमप्रकाश अर्यालको शैक्षिक योjयता माथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट
News Desk
Jan-17 , 2024 तारिख 08:38 बेलुका

संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ)का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योज्ञ्तामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता अनन्तराज लुइँटेलले दायर गर्नुभएको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चको विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम)को प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ। उक्त रिटमाथिको सुनुवाई बुधबारका लागि तोकिएको छ। 

गत शुक्रबार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित भएका थिए।

जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गरेका थिए। साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्माले दुई मत प्राप्त गरे।

आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गरे।

 

धेरै पढिएको