News Desk
सुर्खेत । जिल्ला अदालत सुर्खेतले नेकपा ( केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस), टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल (सुभाष) र अलि कार्की (अशोक) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
१५ वर्षअघिको यस हत्या घटनामा प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो। २०६५ फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दाको अनुसन्धान अघि बढेको पुष्टि गरेको छ।