सहिद दिल बहादुर रम्तेलको घरमा पुगेर बुवा सेते र आमा सरिमायालाई गरियो सम्मान
News Desk
Jan-22 , 2024 तारिख 02:14 बेलुका

गोरखा । स​हिद दिल बहादुर रम्तेलका बुवा सेते रम्तेल र आमा सरिमाया रम्तेललाई सम्मान पत्र सहित दोसला ओडाएर सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्रको जबसा मोर्चा दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सचिवालय सदस्य र प्रदेश सदस्यसहितका नेता कार्यकर्ता माओवादीको जनयुद्धका प्रथम सहिद रम्तेलको जन्म घर बारपाक सुलिकोट -८ पन्द्रुङ जराङ डाँडामा पुगेर उनका बुवा आमालाई सम्मान गरेका हुन । सो अवसरमा टोलीले गोरखा बारपाक सुलिकोट - ८ शहिद दिल बहादुर रम्तेलको निर्माणधीन शहिद दिल बहादुर रम्तेल पार्क अवलोकन गर्नुका साथै ताकुकोट ६ पाल्खु भन्ज्याङमा गाउपालीकाको सभा हलमा प्रशिक्षण सहित एकदिवसीय अनुशिक्षण कार्यक्रममा सहभागीता जनाए ।  

सम्मान पस्चात सहिद रम्तेलका बुवा सेते रम्तेल खुसी व्यक्त गर्दै सहिद परिवारलाई सम्झिएकामा धन्यवाद ज्ञापन गरे । दलित मुक्ती मोर्चा गण्डकी प्रदेश अध्यक्ष भिम बिकको अध्यक्षतामा प्रदेश इन्चार्ज कुबेर बिक, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलित मुक्ती मोर्चा केन्द्रीय अध्यक्ष दलजीत सेर्पाली, पूर्व संम्बिधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रीय सदस्य दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज-नेकपा केन्द्रीय सदस्य पूर्व सासंद हरिराज अधिकारी, माओवादी केन्द्रीय सदस्य/ संविधान सभा सदस्य तथा गोरखा जिल्ला नेकपा माओवादी केन्द्र इन्चार्ज अम्मर तमु, नेकपा केन्द्रीय सदस्य गण्डकी प्रदेश पूर्व मन्त्री लेखबहादुर थापासहित बारपाक सुलिकोट गाउपालीका अध्यक्ष बिष्णु भट्ट आदीको उपस्थितमा गण्डकी प्रदेश ११ वटा जिल्लाबाट २०० सय जनाको उपस्थितमा दलित मुक्ती मोर्चाको गण्डकी प्रदेश सचिवालय प्रशिक्षण सहित एकदिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

सो अवसरमा दलितहरूको अधिकारको लागी पार्टी र सत्ता मा दबाब दिने र देश भरीको दलितहरूलाई सङ्गठित गर्ने पूर्व मन्त्री दलजीत सेर्पालीले बताए ।  

पूर्व सांसद हरि अधिकारीले दलितहरूलाई अहिले जती समाबेसी समानुपातिक प्रतिनिधित्व आएको छ यो सबै जनयुद्धका कारण आएको बताउदै, संघर्ष अझै गर्नुपर्ने देखिएको उल्लेख गरे। 

बारपाक सुलिकोट गाउपालीका अध्यक्ष बिष्णु भट्टले गण्डकी प्रदेशको सचिवालय बैठक यहा राख्नु भनेको एकदम राम्रो अवसर रहेको बताउदै ११ वटा जिल्लाबाट प्रतिनिधित्व गरी दुईसय जनाको संख्यामा गाउपालीकामा आएर शहिद दिल बहादुर रम्तेल निर्माणधीन पार्क अवलोकन सहित गोरखा जिल्लाको नमुना गाउपालिका प्रशासकीय भवन अवलोकन गरेकामा धन्यवाद दिए ।  

दलित दलित मुक्ती मोर्चा गण्डकी प्रदेशले जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको बुवा आमालाई एउटा घर बनाउने निर्णय गरेको छ । निर्माणधीन सहिद रम्तेल पार्कलाई अझै राम्रोसँग ब्यबस्थीत बनाउनपहल पनि गर्ने भएको नेकपा माओवादीका नेता धिरज उपरकोटीले जानकारी दिए । 

अहिले देशभरीबाट जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल निर्माणधीन सहिद पार्क पन्द्रुङ जराङमा अवलोकन गर्न पुग्ने गरेको उनले बताए ।

धेरै पढिएको