'मेरो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटा' : रास्वपा सभापति लामिछाने
News Desk
Jan-23 , 2024 तारिख 12:23 बिहान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरे।

'मेरो खातामा पैसा आएको छैन कसैले केही समयका लागि खातामा पैसा हालिदियो स्लिपसँग मेरो कुनै लेनादेना छैन' उनले भने।

ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो।

 

सहकारी र लघुवित्तले जनतालाई दु:ख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए।

धेरै पढिएको